निरन्तर बढ्दै नेप्से, १८ अर्ब ४९ करोडको कारोबार
८ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । यस दिन नेप्से ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको २२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । आज विकास बैंकको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.९९ प्रतिशतले सेयर मूल्य बढेको हो । बिहिबार १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ ।
यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७७ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन ग्रिन भेन्चर्स लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो । मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ को मूल्य यस दिन सर्वाधिक ४.२२ प्रतिशत घटेको छ।
प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १५:३१













