१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

अन्तिम दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

८ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । यस दिन नेप्से ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको २२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७७ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख ८६ हजार रुपैयाँ, ग्रिन भेन्चर्सको ६६ करोड २८ लाख ६७ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख २७ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ३० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १५:२३