१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३ करोड ७० लाख, प्रतिसेयर आम्दानी कति ?

८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ७० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५० करोड ४२ लाख बराबरको खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।

अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ९० करोड बराबरको खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिसम्म भने १ अर्ब ८८ करोड रुपैयाँ  खुद ब्याज आम्दानी गरेको छ । ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १० पैसा, मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।

प्रकाशित मिति : July 24, 2025 at 11:33 am