१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

धितोपत्र बोर्डले दियो ५९ अर्ब ८४ करोडको सेयर निष्कासन अनुमति

७ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले एक वर्षको अवधिमा ५९ अर्ब माथिको सेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले  असार २० गतेसम्ममा ५९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ बरारको आईपीओ, एफपीओ तथा हकप्र सेयर निष्कासनका लागि अनुमति दिएको बोर्डकाे तथ्यांकमा उल्लेख छ ।

यो अवधिसम्ममा बोर्डले ६४ कम्पनीहरुलाई सेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा १४ संस्थाले ३ अर्ब ८३ करोड २२ लाख रुपैयाँ रकम बराबरको साधारण सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति पाएका छन् । यो अवधिमा बोर्डले १७ कम्पनीलाइ १५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

यसैगरी, चार कम्पनीहरुलाई १० करोड ७३ लाख रुपैयाँ रकम बराबरको एफपीओ जारी गर्नका लागि अनुमति दिएको छ । त्यसैगरी ९ कम्पनीहरूलाई २५ अर्ब ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन अनुमति दिएकाे बोर्डले जनाएको छ ।

त्यस्तै अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रुपैयाँ बराबरको सामूहिक लगानी योजना निष्कासन अनुमति दिएकाे बोर्डले जनाएकाे छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १७:५७