५.१७ अंकले बढ्यो नेप्से, १९ अर्ब ५७ करोडको कारोबार
७ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७८ करोड १० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको हो । भुगोल इनर्जी डेभलपमेन्टको सेयरमूल्य यस दिन सर्वाधिक ५.३२ प्रतिशत घटेको छ।
प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १५:३३














