आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
७ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७८ करोड १० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ७५ करोड २९ लाख ५९ हजार रुपैयाँ, निफ्राको ६२ करोड ३३ लाख ५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ६२ करोड २५ लाख २७ हजार रुपैयाँ र नेपाल रिइन्स्योरेन्स (पुर्नबीमा) कम्पनीको ५५ करोड २७ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १५:२२














