विद्या भण्डारीकी छोरी उषा भन्छिन्ः निर्णय र निर्णयमा पुग्न गरिएका तिकडमबाट म अचम्मित छैन
७ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले मंगलबारको नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफू अचम्मित नभएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गर्नुभएकाे हाे । ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उहाँले लेख्नुभएको छ।
पुष्पलालको परिवार राजनीतिमा निष्कृय रहनुको प्रशंग उल्लेख गर्दै आफ्नो परिवारलाई पनि अप्ठ्यारो आइलागेको बताउनुभएकाे छ। ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोसिस गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् र नैतिक समर्थन खोज्दैनन् पनि,’उषा किरणले लेख्नुभएको छ ।
उनी लेख्नुहुन्छ, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउँछन्। नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो। त्यस कारण यो प्रकरणलाई धन्यवाद।’
प्रकाशित मिति : July 23, 2025 at 3:08 pm









