१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

नुवाकोटका ४ वर्षीय बालक छिमेकीको पानी ट्याङ्कीमा मृत भेटिए

६ साउन, नुवाकोट । नुवाकोटको विदुरमा ४ वर्षीय बालकको पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसवी विक्रम लामाका अनुसार बिदुर नगरपालिका वडा नं.९ किम्ताङ टोल बस्ने केशव तामाङको छोरा बर्ष ४ को दिक्षान्त तामाङको छिमेकीको घरको ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।

घरबाट खेल्न भनि निस्केको दिक्षान्त छिमेकी पुर्ण तामाङको घरको कम्पाउण्डमा रहेको पानीको ट्याङ्की भित्र पानीमा डुवेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बिहान अन्दाजी ८ बजेर ३० मिनेटको समयमा खेल्न निस्केको दिक्षान्त मध्यान्ह १२ बजेर ४५ मिनेटको समयमा ट्याङ्कीमा मृत भेटिएका थिए ।

प्रहरीले घटनास्थल लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको कार्य गरी मृत शव पोष्टमार्टमको लागि त्रिशुली अस्पालमा लगेको घटनाको सम्बन्धमा थप अनुसन्धानको भैरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार २१:०१