तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
६ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १५:१९













