देउवालाई भेट्न कांग्रेसका पाँच नेताहरू बुढानीलकण्ठमा
६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । देउवा निवास बुढानिलकण्ठमा मंगलबार गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा प्रकाशशरण महत पुगेका हुन् ।
हिजो उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा संस्थापन पक्षका सात नेताहरू भेला भएका थिए। त्यही बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु देउवा निवास पुगेका हुन् ।
कांग्रेस र एमालेबीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने हिजोको निर्णय अनुसार उनीहरू बुढानीलकण्ठ पुगेका हुन् ।
प्रकाशित मिति : 13:21









