८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

६ साउन, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ९साउन ६ गते० देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको  ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज गरेको थियो। यसको अर्थ जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 22, 2025 at 11:32 am