२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

निवर्तमान मन्त्री राजकुमार गुप्तालाई अख्तियारले बोलायो

५ साउन, काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्ता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ।

अख्तियारले निवर्तमान मन्त्री गुप्तालाई भ्वाइस परीक्षण गर्नका लागि बोलाएको हो। नमुनाको रुपमा प्राप्त हुने भ्वाइसको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ । मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।

निवर्तमान मन्त्री गुप्ताले आफू भ्वाइस परीक्षण गर्न तयार रहेको बताउँदै आएका थिए भने सार्वजनिक भएको अडिओ आफ्नो नभएको दाबी उनको थियो।

प्रकाशित मिति : July 21, 2025 at 3:09 pm