२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन, पार्टीले छलफल गरेर निर्णय लिन्छः अध्यक्ष ओली

२ साउन, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गर्नुभएकाे छ । आज पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ दोस्रोपटक राष्ट्रपति बनाएको बताउनुभयाे।

भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताउनुभएकाे बैठकमा सहभागी एक सदस्यले जानकारी दिनुभयाे । ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन। उहाँप्रतिको विश्वासको कुरा हुन्छ। पार्टीको सदस्यता नवीकरण भएको छैन,’ उहाँले भन्नुभयाे, ‘सदस्यताको निर्णय कमिटीले गर्छ। विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो। यो मेरो व्यक्तिगत धारणा हो।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने बताए। ‘पार्टीलाई ठूलो र संगठित हमला छ´ ती सदस्यले भन्नुभयाे, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले राेक्छ।´

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने बताउनुभएकाे छ । ‘पार्टीलाई ठूलो र संगठित हमला छ,’ ती सदस्यले भन्नुभयाे, ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको समेत बताउनुभएकाे थियाे ।

प्रकाशित मिति : 20:21