पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता
२ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीको बुढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको निवासमा शुक्रबार बिहान भण्डारी र कोइरालाबीच भेटवार्ता भएको हो ।
नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास पुग्नुभएको थियो । भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको कोइराला सचिवालयले जनाएको छ ।
भण्डारीले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा.कोइरालासँग साथ र समर्थन मार्नुभएकाे थियाे । डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गर्नुभएकाे बताइएकाे छ ।
प्रकाशित मिति : 12:29









