अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियोः मन्त्री अधिकारी
१ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गर्नुभएकाे छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गर्नुभएकाे छ । ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’
उहाँले यसलाई चरित्रहत्या गर्ने प्रयास भएको पनि बताउनुभएकाे छ । ‘यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो,’ मन्त्री अधिकारीले भन्नुभयाे, ‘आफ्नो अभिष्ट पुरा गर्न खोजेका व्यक्तिहरुले त्यो पुरा गर्न मालपोत अधिकृतलाई सरुवा गराउन मन्त्रालय आएका थिए। मैले हुन्न भनेपछि यी कुरा आए।’
प्रकाशित मिति : July 17, 2025 at 4:17 pm









