दोलखाको पहिरोमा पुरिएर नुवाकोटका सुनिल न्याैपानेको मृत्यु
१ साउन, काठमाडाैँ । दोलखाको विगु गाउँपालिका-१ हुरहुरेमा पहिरोमा परी नुवाकोटका सुनिल न्याैपानेको मृत्यु भएको छ । नुवाकोट विदुर नगरपालिका-४ का २९ वर्षीय सुनिल बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा पहिरोमा पुरिएका थिए ।
पहिरोमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा ह्याम्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी रामेछाप लिखु तामाकोसी गाउँपालिका-४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ का सन्दिप चौलागाईं गम्भीर घाइते भएका छन । उनीहरूको अवस्था पनि गम्भीर रहेको छ ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ०८:२६









