२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमालेमा मेरो जिम्मेवारी पार्टीको केन्द्रीय समितिले निर्णय गर्छः विद्यादेवी भण्डारी

३१ असार, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी भदौमा हुने विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले उनको जन्म ७५औं जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताउनुभएको हो । एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने प्रष्ट पार्नुभयो ।

‘पार्टीभित्र कुन संरचनामा के भूमिका भन्ने कुरा माथिल्लो तहको नेतृत्वले महाधिवेशनअघि केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ’,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : 17:23