२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

संवैधानिक कानूनी व्यवस्थाअनुसार संसद विघटन सदर गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी

३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन हुनु दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै भएको बताउनुभएको छ । मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा यस्तो जवाफ दिनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले २०१७ सालदेखि पटकपटक संसद विघटन भएको भन्दै आफू राष्ट्रपति भएका बेला पनि मन्त्रिपरिषदको सिफारिसमा संविधान बमोजिम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,’विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ।’

संविधानले मन्त्रिपरिषदको सिफारिस कार्यन्वयन गर्ने दायित्व राष्ट्रपतिलाई भएको स्मरण गराउँदै भण्डारीले सोही बमोजिम आफूले गरेको र कसैको दबाबमा नपरेको प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : 17:10