१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

स्पेन प्रकरणबारे छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा समिति

३१ असार, काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवर र सीआईबीका अधिकारीहरू छन्।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १४:५५