१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

३१ असार, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो।

प्राधिकरणको अध्यक्षमा नियुक्त शर्माको कार्यकाल चार वर्षको हुनेछ । यसअघि अध्यक्ष नियुक्ति नभएसम्मका लागि भूमि मन्त्रालयका सचिवले अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । नवनियुक्त अध्यक्ष शर्मा राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव हुनुहुथ्यो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार ११:५२