१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्रचण्डमाथि ओलीको कडा प्रहारः मैले काम गरेर देखाएँ, तपाईंले त वाचा पनि गर्नुभएन

३० असार, काठमाडाैँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कडा प्रहार गर्नुभएकाे छ ।

ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई “वाचा नगर्ने, निर्णय नलिने र जवाफदेही नहुने” नेताको रूपमा चित्रण गर्दै आफैंले भने समय तोकेर काम गर्ने नेतृत्वको अभ्यास गरेको दाबी गर्नुभएकाे छ ।

कीर्तिपुरस्थित रंगशालाका संरचनाबारे प्रचण्डले संसदमा उठाएको प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले लेख्नुभएकाे छ, “कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भन्नुभएको छ। म उहाँलाई आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुहोस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुहोस्। बनिरहेको छ।”

ओलीले आफू प्रधानमन्त्री हुँदा योजना तय गरेर तोकिएको समयमै काम सम्पन्न गर्न पहल गरेको उल्लेख गर्दै लेख्नुभयाे, “मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।”

उहाँले प्रचण्डको नेतृत्वमा कुनै योजना, कुनै संकल्प वा निर्णय नभएको आरोप लगाउँदै थप्नुभयाे, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, र तपाईंले केही गर्नु पनि परेन, गर्नु पनि भएन। सरकारको कामबारे तथ्याङ्क राखेर तपाईंले जवाफ पनि दिनु परेन।”

अर्थतन्त्रको सन्दर्भमा पनि ओलीले टिप्पणी गर्नुभएकाे छ । उहाँले भन्नुभयाे, “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुहोस् भन्ने सुझाव दिन चाहन्छु।”

प्रकाशित मिति : July 14, 2025 at 4:54 pm