१ माघ २०८२, बिहीबार | Fri Jan 16 2026

डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक

२६ असार, काठमाडौं । डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको जनाएकाे छ ।

२५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकाे प्रशासनले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १६:५९