१० कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

२६ असार, चितवन । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो ।

उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 10, 2025 at 3:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/