३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

बीमा प्राधिकरणको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२४ असार, काठमाडाैं । नेपाल बिमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को बिमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक कार्यक्रम आयोजना गर्दै उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्राधिकरणले बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउँदै बीमितको हकहित संरक्षण गर्ने, बीमा क्षेत्रको पहुँच बढाउनका लागि बीमा सचेतना अभिवृद्धि तथा बीमा प्रवर्द्धनात्मक कार्य गर्ने, प्राधिकरणको कानूनी संरचना र बीमा सम्बन्धी विवाद तथा उजुरी निरूपणको प्रक्रियालाई प्रभावकारी बनाउने लगायतका नीति ल्याएको छ ।

प्राधिकणद्वारा सार्वजनिक कार्यक्रममा सम्पूर्ण बिमकले कम्तीमा एउटा नवीनतम बिमालेख निर्माण गर्ने व्यवस्था मिलाउने, बिमकको लगानी सम्बन्धी विद्यमान कानूनी व्यवस्था समयानुकुल परिमार्जन गर्ने, पुनर्बिमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था समयानुकुल परिमार्जन गर्ने, घोषणा गरिएको छ ।

प्रकाशित मिति : July 8, 2025 at 6:04 pm