९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेप्सेसँगै घट्यो कारोबार रकम

२४ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनाे अंकले घटेकाे छ । यस दिन नेप्से ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

बुटवल पावर कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। यस दिन रसुवागढी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.०८ प्रतिशत घटेको छ। नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५१ करोड ६७ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : July 8, 2025 at 3:30 pm