त्रिशूलीको बाढीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार हुँदै
२४ असार, काठमाडौँ । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ । विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् ।

दाउरा लिन गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका थिए । उनीहरु सिसौको रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आइरहेको छ ।
उनीहरु श्रीमान श्रीमती हुन् ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ०८:०९









