२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

सिप्ला सेक्युरिटिजलाई नेप्सेले गर्यो निलम्बन

२२ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) लाई कारबाही गरेको छ । सिप्लाले समयमा नै राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ कार्यदिन निलम्बन गरेको जनाएको छ ।

तोकिएको समयभित्र कारोबार राफसाफ नगरेपछि सीडीएस एण्ड क्लियरिङको पत्रअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली बमोजिम कारबाही गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १७:२६