२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

झिनो अंकले बढ्यो नेप्से, ९ अर्ब ५० करोडको कारोबार

२२ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा कायम भएको हो । यस दिन ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन नेपाल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाएको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १५:४०