नेप्सेमा ३७ लाख ८० हजार कित्ता बोनस सेयर सूचिकृत
२२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १५:२६