२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको मूल्य कति बढ्यो ?

२२ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ३ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाएको छ । याे दिन कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेकाे छ ।  त्यसैगरी, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य७.३६ प्रतिशत, राप्ती हाइड्रोको सेयरमूल्य ५.७० प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ५.१८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १५:२३