२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२२ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा कायम भएको हो ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४९ करोड ४० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको संस्थापक सेयरको ३७ करोड ८१ लाख ५ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३४ करोड २४ लाख ७० हजार रुपैयाँ, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाख ७५ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको २८ करोड ८४ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १५:१६