माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौता
२२ असार, काठमाडाैँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसँग सम्बन्धित अभिलेख राख्ने, नामसारी, दाखिला-खारेज, रोक्का राख्ने, तथा सेयरधनीहरुको विवरण अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत प्रदान गरिनेछ।
सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक विर बहादुर घलेले हस्ताक्षर गर्नुभएको हो।
अबदेखि अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण सेवा माछापुच्छ्रे क्यापिटल लिमिटेड, बागदरबारस्थित तेस्रो तल्लाबाट प्रदान गरिनेछ।
माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकिङ सेवा प्रदायक संस्था हो। कम्पनीले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्यता, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १५:३४