९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

२२ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से सूचक ४.२६ अंकले बढेर २७०८.२३ अंकमा पुगेको छ ।

आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको एक करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो सेसनमा २८ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

प्रकाशित मिति : July 6, 2025 at 11:02 am