टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै महिला एसियन कप छनोटबाटै बाहिरियो नेपाल
२१ असार, काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली टाइब्रेकरमा उज्वेकिस्तानसँग पराजित हुँदै एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ।
निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा नेपाल उज्वेकिस्तानसँग ४–२ ले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको हो।
नेपालका लागि गिता राना र सविता रानामगरको प्रहार सफल भयो भने कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगरको प्रहार विफल भयो।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।
खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तीगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याईन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितीमा आएको थियो।
योसँगै नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।
प्रकाशित मिति : २१ असार २०८२, शनिबार २३:४६