राससको महाप्रबन्धकका लागि २५ जनाको निवेदन, एमाले निकटकाले नियुक्ति पाउने सम्भावना
२१ असार, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धका लागि २५ जनाले निवेदन दिएका छन । असार १ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेर सञ्चार मन्त्रालयले महाप्रबन्धको जागिरका लागि योग्यहरू मध्येबाट आवेदन माग गरेको थियो । सो सूचना अनुसार २५ जनाले दरखास्त दिएका छन । दरखास्त दिएकाहरूको व्यवासायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्ता असार ३२ देखि साउन २ गतेसम्म हुने गरी सूचना प्रकाशन भएको छ ।
राससको महाप्रबन्धक बन्नका लागि राससकै कर्मचारीदेखि एमालेका प्रदेश कमिटी सदस्य र कांग्रेसका महाधिवेशन प्रतिनिधिसम्मले दरखास्त दिएका छन । दरखास्त दिनेमा कुलमाणि ज्ञवालीदेखि सोमनाथ लामिछानेसम्म हुनुहुन्छ । राससको महाप्रबन्धकमा प्रतिस्पर्धाको शैलीमा नियुक्ति हुने भए पनि योग्यता र क्षमताको आधारमा प्रतिस्पर्धा हुँदैन् । एमाले निकटका सिद्धराज राइले महाप्रबन्धकबाट अवकाश पाउनुभएकोले अब हुने महाप्रबन्धक पनि एमाले निकटकै हुने सम्भावना रहेको छ । दरखास्त दिनेहरूको सूची तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : २१ असार २०८२, शनिबार १४:३८