२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

कुखुराकाे चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

२० असार, कैलाली । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गर्नुभएको छ ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गर्नुभएको हो । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उहाँले व्यवसाय विस्तार गर्नुभयो ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताउनुभयो । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उहाँ सुझाउनुहुन्छ । सहकारीको सहयोगको पनि उहाँले सराहना गर्नुभयो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १०:५०