३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१९ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १०.९८ अंकले बढेर २७०५.८१ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

नेपाल फाइनान्सको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लाएको छ । यस दिन कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेकाे छ ।  त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको  सेयरमूल्य ७.१७ प्रतिशत, सम्वृद्धि फाइनान्सको सेयरमूल्य ७.०८ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ६.७८ प्रतिशतले  बढेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १५:१७