२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१७ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सामुदायिक लघुवित्त र न्यादी हाइडेपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । यी कम्पनीहरुको सेयर मूल्य यस दिन प्रतिकित्ता ९.८७ प्रतिशतले बढेको छ । त्यसैगरी, बरुण हाइड्रोपावरको सेयरमूल्य ८.४१ प्रतिशत, राप्ती हाइड्रोको सेयरमूल्य ८.३१ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य८.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १५:२४