२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१७ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।  एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड १६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४५ करोड ५५ लाख २ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख ८८ हजार रुपैयाँ, सप्तकोशी डेडलपमेन्ट बैंकको २५ करोड २० लाख ५९ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको २५ करोड १६ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १५:१६