सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?
१७ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो।
कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएकाे छ । कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ।
त्यसैगरी भाग्योदय जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस कायम गरेको छ । बाल समृद्ध जीवन बीमामा ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दर तोकेको छ । त्यस्तै, सावधिक सुनौलो जीवन बीमामा ३० देखि ५२ रुपैयाँसम्म र सुनौलो बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५२ रुपैयाँसम्म बोनस दिने भएको छ।
त्यस्तैगरी, नवीन आजीवन जीवन आजीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख, धनलक्ष्मी जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमलेखमा २३ देखि २५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
प्रकाशित मिति : 10:42









