२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

सोमबार यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक

१६ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ११.९९ अंकले बढेर २६३४.२७ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

राप्ती हाइड्रोको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, यस दिन धौलागिरी लघुवित्तको ९.८० प्रतिशत, विन नेपाल लघुवित्तको ९.१६ प्रतिशत, सिन्धु विकास बैंकको ७.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १५:१३