२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

शिक्षा समिति बैठक २ बजेसम्मका लागि स्थगित

१६ असार, काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठक स्थगित भएको छ। बिहान ८:३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको हो।

समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा लगातार छलफल गरिरहेको छ। विधेयकलाई अन्तिम रूप दिन आज बिहान ८ बजे बैठक बोलाएको थियो। तर, विधेयकमा सहमति जुटेका कतिपय विषयहरूमा समेत नेपाल शिक्षक महासंघले अहसमति जनाएपछि शिक्षा मन्त्रालयले थप समय माग गरेको थियो।  मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि आजै दिउँसो २ बजे बैठक बस्नेछ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १३:०३