आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभा आज
१६ असार, काठमाडाैं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज धनगढीमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको खर्च अनुमोदन गर्नेछ ।
कम्पनीले सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
प्रकाशित मिति : १६ असार २०८२, सोमबार १०:२१