३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

सहास उर्जासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१५ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा यस दिन सहास उर्जा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५७ करोड ८६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख ६२ हजार रुपैयाँ, यूनियन हाइड्रोपावरको २४ करोड ३३ लाख ८६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २३ करोड ४१ लाख ८३ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको २१ करोड २८ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 29, 2025 at 3:21 pm