भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत अदालतमा उपस्थित
१५ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित हुनुभएको छ । बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिनुभएको थियो ।
न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान भइरहेको छ। बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बस्नेतविरूद्ध जेठ १ गते मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएलगत्तै उहाँको सांसद पदबाट निलम्बित छन् ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार १३:४२









