९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

अन्तिम कारोबारको दिन यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक

१२ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५ .७४ को बिन्दुमा कायम भएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । यस दिन बैंकको सेयरमूल्य ९.१८ प्रतिशत अर्थात १०९ रुपैयाँले बढेकोहो । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको ९ प्रतिशत, बरुण हाइड्रोपावरको ८.९३ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.२१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ६.८४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति : June 26, 2025 at 3:27 pm