२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

रास्वपाको महामन्त्री दाबी गर्दै मुकुल ढकाल सर्वोच्चमा

१२ असार, काठमाडौं ।  डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कायम गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएकाे छ । ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्नुभएकाे हाे ।

उक्त रिटमा बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलगायतलाई विपक्षी बनाएइएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १२:०८