डिम्याट र मेरो सेयर खाताको नवीकरण शुल्क बुझाउन सानिमा बैंक र क्यापिटलको आग्रह
१२ असार, काठमाडौं । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई नवीकरण शुल्क बुझाउन अनुरोध गरिएको छ । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई असार मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
हितग्राही खातावालाले वार्षिक १०० रुपैयाँका दरले नवीकरण शुल्क बुझाउनु पर्नेछ । साथै, मेरो सेयरको सेवा लिइरहेका हितग्राही व्यक्तिले पनि सेवा सञ्चालनमा आएको एक वर्षभित्रै नवीकरण गर्नुपर्ने छ ।यस्तो रकम सानिमा बैंकको खाता वा मेरो सेयर प्रोफाइलमार्फत ई–सेवा,खल्ति,कनेक्स्ट आईपीएस,आइएमई पे लगायतका अनलाइन माध्यमहरुमार्फत भुक्तानी गर्न सक्नेछन् । असार मसान्तभित्र शुल्क नबुझाउनेको डिम्याट खाता फ्रिज गरिने जनाइएको छ ।
प्रकाशित मिति : १२ असार २०८२, बिहीबार ११:५२









