२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

सर्यो एमालेको सचिवालय बैठक

११ असार, काठमाडाैं । नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ।  आज दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक आजै दिउँसो ३ बजे बस्नेगरी सरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताउनुभयो । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १३:४३