११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको हाे ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।

चितवनका कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन जोड्यो । चितवनका डेविड मलानले अर्धशतक बनाउँदै ७० रनको योगदान दिए । उनले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै, रवि वोपारा ३२ तथा डान मोस्ली २९ रनमा अविजित रहे । देव खनालले १२ रन जोडे ।

प्रकाशित मिति : October 27, 2026 at 4:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/